फरक स्वरूपमा देखिन थाल्यो कोरोना, सजग रहन स्वास्थ्य मन्त्रालयले अपिल

न्युजलय ७ पुस २०७९, बिहिबार ०५:५३ मा प्रकाशित

काठमाडौं । कोभिड १९ को नयाँ स्वरूप आएको भन्दै स्वास्थ्य मन्त्रालयले सजग रहन सबैमा आग्रह गरेको छ। पछिल्लो एक महिनामा देशका विभिन्न स्थानबाट ४८ जनाको नतिजा हेर्दा सबैमा ओमिक्रोन भेरियन्ट देखिएको मन्त्रालयले जनाएको छ।


कोरोना भाइरसको संक्रमण बढ्दै गए पनि छिमेकी राष्ट्रमा बढ्दै गएको कारण नेपालमा सजग हुनुपर्ने देखिएको भन्दै मन्त्रालयले कोरोना रोकथामका लागि स्वास्थ्य मापदण्ड अपनाउन आग्रहसमेत गरेको छ।