नेप्से २१.६७ अंकले घट्यो

न्युजलय १७ माघ २०८०, बुधबार ०९:१२ मा प्रकाशित

काठमाडौं । सेयर बजारको परिसूचक नेप्से फेरि २१ सयमुनि झरेको छ । अघिल्लो दिनको तुलनामा बुधबार नेप्से २१.६७ अंक घटेर २०९७ अंकमा कायम भएको छ । 

आज कुल ५ अर्ब २९ करोड रुपैयाँ बराबरको कारोबार भयो । हिजो ५ अर्ब ५४ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।

२९ कम्पनीको मूल्य बढ्दा २१५ को घट्यो भने ३ को स्थिर रह्यो । उत्पादन समूह ०.१४ प्रतिशत बढ्यो भने अरु सबै समूह घटेका छन् । होटल तथा पर्यटन समूह सबैभन्दा धेरै २ प्रतिशत घट्यो ।