काठमाडौँ । सोमबार सेयर बजार २.१५ अंक बढेर २४८८ अंकमा उक्लिएको छ । कारोबार रकम भने आइतबारको तुलनामा केही घटेको छ ।
आइतबार १५ अर्ब नाघेको कारोबार आज १३ अर्ब ९१ करोडमा खुम्चिएको छ । ११५ कम्पनीको मूल्य बढ्दा १२१ कम्पनीको मूद्यय घटेको छ । ६ कम्पनीको मूल्यस्थिर रह्यो ।
बैंकिङ १७, विकास बैंक ३१, होटल तथा पर्यटन १४, माइक्रोफाइनान्स २८ र निर्जीवन बीमा समूह ८ अंक घटे । फाइनान्स २०, हाइड्रोपावर ५२, उत्पादन १६०, अन्य २६, व्यापार ६७ अंक बढे ।