२०७८ पौष २४ गते शनिबारको राशिफल

न्युजलय २४ पुस २०७८, शनिवार ०७:०७ मा प्रकाशित

मेष । सरकारी निकायको भय रहला । महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । स्वास्थ्यमा गडबडी भई दैनिक कामकाजमा असर पर्नसक्छ ।

 

वृष । आज शुभकार्यको चर्चा चल्नेछ । परोपकारमा रुचि बढ्नेछ । प्राविधिक काममा सफलता मिल्नेछ । यात्रा र घुमफिरको योग पनि छ ।

 

मिथुन । समाजसेवामा मन लाग्नेछ । आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ । शत्रु पराजित हुनेछन् । शैक्षिक क्षेत्रमा सफलता मिल्ला ।

 

कर्कट । आज शुभकार्यको चर्चा चल्नेछ । नजिकको व्यक्तिबाट कार्य पुरा हुनेछ । आकस्मिक धन लाभ हुनसक्छ । विश्वास गरेकाले साथ दिनेछन् ।

 

सिंह । आज मन खिन्न हुने स्थिति आउनेछ । प्रेममा मनमुटावका साथै मन कमजोर रहला । दबाब र तनाव र मानसिक चिन्ता बढेको महसुस हुनेछ ।

 

कन्या । रमाइलो यात्राको योग रहेको छ । मानसम्मान र प्रशंसा प्राप्त हुने सम्भावना छ । नयाँ कार्यको योजना बन्नेछ र ताकेको कार्य पुरा होला ।

 

तुला । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । पुनर्मिलनको योग रहेको छ । बन्धुबान्धवबाट सहयोग मिल्नेछ । साँझमा भने धन खर्च बढ्नेछ ।

 

वृश्चिक । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । नयाँ वस्त्र, अलङ्कारको प्राप्ति हुनेछ । सांगीतिक क्षेत्रमा रुचि बढ्नेछ । दाम्पत्य जीवन सुखमय हुनेछ ।

 

धनु । आज जोशजाँगर र हिम्मत बढ्नेछ । धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । इच्छा र आकाङ्क्षा पूर्ण होलान् । सन्तान सुख पनि मिल्नेछ ।

 

मकर । दाजुभाइ, दिदीबहिनीले तपाईँका सकारात्मक विचारलाई समर्थन गर्नेछन् । पुनर्मिलनको योग रहेको छ । बिनाप्रतिस्पर्धा फाइदा पनि हुन सक्छ ।

 

कुम्भ । बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । पार्टी पिकनिक तथा सेमिनारमा सहभागी भइएला । बौद्धिक विकास होला । धार्मिक यात्राको योग पनि छ ।

 

मीन । कुनै समाचार सुन्नाले मनमा शान्ति छाउला । कूटनीतिक नियोगको सहयोग मिल्ला । कार्यमा सफलता पाइनेछ । प्रेमीको सहयोग पनि पाइनेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।