सोलुखुम्बु । सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिका–४ फेरुचेमा लेक लागेर एक भारतीय नागरिकको मृत्यु भएको छ ।
खुम्बु क्षेत्रको भ्रमणमा आएका १९ वर्षीय मेजिनको लेक लागेर शुक्रवार दिउँसो मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।
गाइड तथा अन्य साथी समेत नभएका भारतीय नागरिक असोज २८ गते बिहीवार खुम्बु पासाङ ल्हामु गाउँपालिका–४ थुक्लाको याक होटलमा बास बसेका थिए ।
शुक्रवार बिरामी भएपछि उपचारका लागि स्थानीयले बोकेर हिमालय अल्टिच्युट हेल्थ पोष्ट फेरुचे लगेका थिए । उनको त्यही ज्यान गएको खुम्बु सामुदायिक प्रहरी सेवा केन्द्रले जनाएको छ ।
मृतक पर्यटकको अभिलेख इन्ट्रीमा समेत नभएकाले कहाँबाट कसरी प्रवेश गरे भन्ने विषयमा अन्योल भएको प्रहरीले जनाएको छ ।