काठमाडौं । सोमबार(आज) नेप्से परिसूचक दोहोरो अंकले बढेको छ। नेप्से १०.२६ अंकले बढेर २१०४.७२ विन्दुमा पुगेको छ। सेन्सेटिभ इण्डेक्स ०.२२ प्रतिशतले बढ्यो।
नेप्से दोहोरो अंकले बढ्दा कारोबार रकम पनि आइतबारको तुलनामा बढेको छ। यसदिन ३११ कम्पनीको १ करोड २३ लाख २२ हजार ७०५ कित्ता सेयर ४ अर्ब ५६ करोड ६५ लाख २२ हजार २३० रुपैयाँमा खरिदबिक्री भए।
यसदिन तीन कम्पनीको सेयर सकारात्क सर्किट लेभलमा कारोबार भयो। युनियन हाइड्रोपावर,अरुण भ्याली हाइड्रोपावर र मिड सोल हाइड्रोपावरको सेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।