सेभेन स्टार क्लबले इटहरीमा शुक्रबार खुल्ला दौड प्रतियोगिता गर्दै

न्युजलय २ कार्तिक २०८०, बिहिबार ०७:४२ मा प्रकाशित

इटहरी । सेभेन स्टार क्लबले शुक्रबार इटहरीमा खुला दौड प्रतियोगिता गर्ने भएको छ । युथ ओपन सिक्स के रन नाम दिइएको प्रतियोगितामा महिला र पुरुष प्रतियोगिहरु सहभागि हुनेछन् ।


प्रतियोगिताअन्तर्गत लविपुर चोकदेखि इटहरी गोल चोकसम्म र इटहरी गोल चोकदेखि पुनः लविपुर चोकसम्म सहभागिहरु दौडनेछन् । विजेतालाई नगद पुरस्कारका साथै मेडल र प्रमाणपत्र दिइने क्लबका अध्यक्ष नवराज पौडेलले जानकारी दिए ।


२० वर्षअघि स्थापित क्लबले नियमित क्रिकेट प्रतियोगिता आयोजना गर्दै आएको छ । दौड प्रतियोगिता भने पहिलो पटक आयोजना गर्न लागेको हो । 


यस्तै क्लबले यसबाहेक दुर्गा पुजा, तिज विशेष कार्यक्रम, जितिया विशेष कार्यक्रम, सरसफाई तथा वातावरण संरक्षण कार्यक्रम, तिहार विशेष सामुहिक देउसी तथा विविध साँस्कृतिक कार्यक्रमहरु समेत गर्दै आइरहेको छ ।