काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को चौथो खेलमा आज सुदूरपश्चिम रोयल्स र काठमान्डु गोर्खाज भिड्दै छन् ।
टीयू क्रिकेट स्टेडियममा अपराह्न ४ बजे हुने खेलमा काठमान्डु लगातार दोस्रो जितको खोजीमा हुनेछ भने सुदूरपश्चिम जितबाट प्रतियोगिता सुरु गर्ने लक्ष्यमा हुनेछ । यो सिजन सुदूरपश्चिम रोयल्सले आज आफ्नो पहिलो खेल खेल्दै गर्दा काठमान्डु गोर्खाजले भने दोस्रो खेल खेल्दै छ ।
गत सिजन फाइनल पुगेको सुदूरपश्चिम र यो सिजनमा गत सिजनको विजेता जनकपुर बोल्ट्सलाई पराजित गर्दै विजयी सुरुवात गरेको काठमान्डु गोर्खाजबीचको खेल रोमाञ्चक हुने अपेक्षा छ ।