काठमाडौँ । अनलाइनबाट बसको अग्रिम टिकट काटेका सेवाग्राहीले रकम फिर्ता पाउन थालेका छन् । अविरल वर्षासँगै गएको बाढी पहिरोका कारण सवारी साधनको तालिका अस्तव्यस्त भएपछि सम्बन्धित टिकेटिङ प्लेटफर्मले यात्रुको रकम रिफन्ड गरिदिन थालेका हुन् ।
सोमबार, मङ्गलबार र बुधबारसम्मको टिकट लिएका यात्रुले टिकट वापतको रकम फिर्ता पाएको जानकारी दिइएको छ ।
तालिका अस्तव्यस्त भएकाले विभिन्न रुटको बसको अनलाइन टिकट बन्द गरिएको बताइएको छ
घटस्थापना र त्यसपछिका दिनको टिकट लिने सेवाग्राहीको टिकट हालसम्म यथावत् रहेको बताइएको छ । टिकट लिइसकेका ग्राहकले सम्बन्धित प्लेटफर्ममा रकम फिर्ता भए नभएको हेर्न सक्छन् ।