झापा । झापाको शिबसताक्षी नगरपालिका–१० मा स्कारपियोको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सोही स्थानकी ७२ बर्षीया ललिता कट्वाल रहेकी छन् । सोमबार (आज) बिहान को १ च ७४१६ नम्बरको स्कारपियोले पैदल यात्री कट्वाललाई ठक्कर दिंदा उनको घटनास्थालमानै मृत्यु भएको हो ।
स्कारपियो र चालक ईलाम देउमाइ नगरपालिका–३ का ३२ बर्षीय पुर्ण खतिवडा अस्थाई प्रहरी पोष्ट माईधारको नियन्त्रणमा रहेको छ ।
मृतकको कानुनि प्रकृया पुरा पोष्टमार्टमको लागी दमक अस्पताल पठाईएको ईलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ ।