काठमाडौं । सर्लाहीमा जलाउन तयारी अवस्थामा रहेको २२ वर्षीया विवाहित युवतीको शव प्रहरीले नियन्त्रणमा लिएको छ ।
बुधबार साँझ रामनगर गाउँपालिका–१ की मनिषा शाहको शव घाटमै पुगेर नियन्त्रणमा लिइएको हो ।
परिवारले आत्महत्या गरेको भनेपनि कानुनी प्रक्रिया पुरा नगरी शव जलाउन लागेको सुचना प्राप्त भएपछि घाटमै पुगेर शव नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
माइतीपक्षले भने हत्या भएको दावी गरेका छन् । युवतीको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पतालमा मलंगवा लगिएको छ । साथै अनुसन्धानका लागि उनका श्रीमान सुनिल शाह, ससुरा रामेश्वर शाह र देवर रामबहादुरलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।