काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा मंगलबार(आज) दोहोरो अंकको सुधार भएको छ ।
सोमबार उच्च अंकको गिरावट भएको नेप्सेमा आज नेप्से ११.४७ अंकले बढेर एक हजार ९ सय २७ दशमलब २८ विन्दुमा पुगेको हो ।
त्यस्तै, आज नेप्से परिसूचकमा सुधार आए पनि कारोबार रकममा भने गिरावट आएको छ । नेप्सेमा एक अर्ब ७० करोड ७७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । सोमबार दुई अर्ब भन्दा बढीको कारोबार भएको छ ।