काठमाडौं । आज सेयर बजारमा झिनो अङ्कको वृद्धि भएको छ ।
आज नेप्से परिसूचक १ दशमलव ८६ अङ्कले बढेर २६८५ दशमलव ७३ को विन्दुमा पुगेको छ ।
बुधबार ३०७ कम्पनीका ८२ हजार ८५० पटकको कारोबारमा १ करोड ५५ लाख २० हजार ५५९ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ८ अर्ब ७१ करोड ७८ लाख ४७ हजार रुपैयाँ रहेको छ ।
१३४ कम्पनीको सेयर मूल्य बढ्दा ९९ कम्पनीको घटेको छ भने ११ कम्पनीको मूल्य स्थिर रहेको छ ।