काठमाडौं । बिहीबार नेप्से परिसूचक १७.०१ अंकले घटेको छ । विगत चार कारोबार दिनयता बजार लगातार झरेको छ ।
अघिल्लो दिन २८०४ अंकमा रहेको बजार आज २७८७ अंकमा झरेको छ । कारोबार रकम पनि उच्च दरले घटेको छ । अघिल्लो दिन ७ अर्ब ८१ करोडको कारोबार भएकोमा आज जम्मा ५ अर्ब ९ करोडको भयो ।
४६ कम्पनीको मूल्य बढ्दा २१६ को घट्यो भने ७ को स्थिर रह्यो ।