बार्सिलोनामै फर्किन चाहन्छन् मेस्सी

न्युजलय १५ कार्तिक २०७८, सोमबार ०२:२७ मा प्रकाशित

एजेन्सी । लिओनल मेस्सीले आफू पुनः बार्सिलोनामै फर्किनका लागि तयार भएको बताएका छन् । पेरिस सेन्ट जर्मेन (पीएसजी)का फरवार्ड उनले प्राविधिक सचिवको रुपमा बार्सिलोना फर्किन आफू तयार भएको बताएका हुन् ।

बार्सिलोना छाडेर पीएसजी गएका अर्जेन्टाइन स्टार मेसीले पुनः बार्सिलोनामा फर्किएर क्लबको व्यवस्थापन टिममा रहने इच्छा व्यक्त गरेका हुन् ।

उनले अगाडि भनेका छन्, ‘म क्लबमा फर्केर सक्दो योगदान गर्न चाहन्छु । किनभने म बार्सिलोनालाई माया गर्छु र उनीहरूलाई राम्रो गर्दै विश्वको उत्कृष्ट बनाउन चाहन्छु ।’