फुङ्लिङ । ताप्लेजुङको फुङ्लिङ नगरपालिकामा विषालु सर्पले टोक्दा एक युवकको मृत्यु भएको छ।
मृत्यु हुनेमा फुङ्लिङ नगरपालिका–९ हाङ्देवाका २५ वर्षीय विष्णुबहादुर घतानीको रहेका छन्। दसैंको टीकाको दिन शुक्रबार राति ८ बजेतिर घतानीलाई सर्पले डसेको थियो।
अचानक हातमा सर्पले डसेपछि सुरुमा घरमै झारफुक र घरेलु औषधि गराइएको थियो। झारफुक र घरेलु औषधि गरे पनि सर्पको विषले जटिल बनाउँदै लगेपछि शनिबार(आज) बिहान आफन्तले घतानीलाई जिल्ला अस्पतालमा लगेर भर्ना गराएको थिए।
अस्पताल भर्ना गरेको केही समयमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ। उ