क्रिकेट खेलाडी सिद्धान्त लोहनीलाई क्यानले ५ लाख सहयोग गर्ने

न्युजलय ११ बैशाख २०८२, बिहिबार ०३:२५ मा प्रकाशित

विराटनगर । विराटनगर निवासी क्रिकेट खेलाडी सिद्धान्त लोहनीलाई नेपाल क्रिकेट संघले ५ लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने भएको छ ।

क्यानले विज्ञप्ति जारी गर्दै लोहनीलाई उपचारका लागि ५ लाख रकम उपलब्ध गराउने निर्णय भएको जनाएको छ ।

कुनै समय नेपालका लागि खेल्ने सम्भावना बोकेका सिद्धान्त अहिले चोटका कारण पीडामा छन् । सन् २०२३ मा जनकपुरमा भएको महेन्द्रनारायण निधी टी–२० राष्ट्रिय प्रतियोगिता खेल्दै गर्दा उनी फिल्डिङको क्रममा घाइते भएका थिए ।

भारतको गुरुगाउँमा घुँडाको शल्यक्रिया गराएका उनको उपचार अझै जारी छ । अहिले उनी थेरापी गरिरहेका छन् ।

सिद्धान्तले सन् २०१५ जुलाई १८ मा आईसीसी टी २० विश्वकप छनोट अन्तर्गत जर्सीविरुद्ध खेल्दै नेपालको सिनियर टिममा डेब्यु गरेका थिए ।