झापामा ट्रक र मोटरसाइकल जुद्दा मोटरसाइकल चालकको मृत्यु

न्युजलय ७ कार्तिक २०७८, आइतबार ०२:५६ मा प्रकाशित

झापा । झापामा गए राति ट्रक र मोटरसाइकल एक आपसमा जुद्दा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक अर्जुनधारा नगरपालिका ३ का २७ वर्षीय निश्चल खनाल रहेका छन् ।


पूर्वपश्चिम राजमार्गअन्तर्गत लक्ष्मीपुर सडकखण्डमा प्रदेश १ ०१ ००१ ख ३५२० नम्बरको ट्रक र विपरीत दिशाबाट आइरहेको मे ५ प ८४७२ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएको थियो।

 

ट्रक चालक बुद्धशान्ति गाउँपालिका ३ का ४४ वर्षीय लक्ष्मीप्रसाद सिवाकोटीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।