देउसी गीत ‘नेपालीजनको’ सार्वजनीक

न्युजलय १६ कार्तिक २०७८, मङ्गलबार ११:१४ मा प्रकाशित

इटहरी । नेपालीजनको बोलको नरेन्द्र दंगालको देउसी गीत इटहरीमा एक औपचारीक कार्यक्रमका बीच लोकार्पण गरिएको छ । 

वरिष्ठ गायक बालकृष्ण कार्कीको प्रमुख आतिथ्यतामा भएको लोकार्पण कार्यक्रममा विशिष्ठ अतिथिको रुपमा नागरिक समाज इटहरीका अध्यक्ष राजु के.सी, सुन्दरहरैंचा–४ का वडाध्यक्ष शैलेन्द्र श्रेष्ठ, प्रेस चौतारी नेपालका केन्द्रिय उपाध्यक्ष लिलाराज भट्टराई र पत्रकार महासंघ सुनसरीका उपाध्यक्ष गणेश निरौलाको उपस्थिती रहेको थियो । 

तिहारको पूर्वसन्ध्यमा लोकार्पण गरिएको उक्त गीतको भिडियो परम्परागत देउसी संस्कृतिको जर्गेना गर्ने हेतुले साथै मौलिक संस्कृतिको संरक्षण गर्ने उद्देश्यले तयार गरिएको गायक, रचनाकार तथा संगीतकार दंगालले बताएका छन् ।

पत्रकार रेवती निरौलाको संयोजनमा सुनसरी र मोरङका सञ्चारकर्मीहरुको संयुक्त प्रयासमा तयार गरिएको उक्त गीतको भिडियोमा सुनसरी र मोरङका पत्रकारहरुको अभिनय रहेको छ भने हाँस्य अभिनयमार्फत बालकुमार थेवेले गीतमा सुन्दरमा थपेका छन् । 

आदर्श बाल क्लव सुन्दरहरैंचा मोरङका कलाकारहरुको नृत्य रहेको उक्त गीतमा कोरियोग्राफी रुपक चौधरीले गरेका छन् । यस्तै संगीत संयोजन विवश दंगाल, निर्देशन रोहित खनाल र छायाँकन पारस चौधरीले गरेका छन् ।

हाइलाइटस् नेपाल नामको युट्युव च्यानलबाट गीतको भिडिायो सार्वजनिक गरिएकोमा सो भिडियोलाई केही घण्टामै १० हजार बढीले हेरेका थिए ।