काठमाडौँ । बिहीबार सेयर कारोबार मापक नेप्से परिसूचक १५.३७ अंकले घटेर २ हजार ४८.५७ विन्दुमा ओर्लेको छ ।
अघिल्लो दिनको तुलनामा यो ०.७४ प्रतिशतले कम हो । अघिल्ला दुई दिन लगातार घटेको नेप्सेले बिहीबार पनि सोही प्रवृति पछ्याएको हो ।
बिहीबार नेप्से दोहोरो अंकले घटेपनि कारोबार रकममा भने उल्लेख्य सुधार भएको छ । उक्त दिन कारोबारमा आएकामध्ये ४९ वटा कम्पनीको सेयर मूल्य बढ्यो, १८७ कम्पनीको भट्यो भने बाँकी ८ वटा कम्पनीको सेयर मूल्य स्थिर छ ।