इटहरीका युवाको डान्स देखेर शाहरुख खान दंग, गरे रिट्वीट

न्युजलय १४ मङ्सिर २०८०, बिहिबार ०९:०० मा प्रकाशित

इटहरी । इटहरीका युवाहरुको डान्स भिडियोलाई भारतीय सुपरस्टार शाहरुख खानले रिट्वीट गरेका छन् । साथै उनले डान्स देखेर आफु लुटपुटिएको बताएका छन् ।


खानको आगामी फिल्म ‘डंकी’ पुस ५ गते रिलिज हुँदैछ । इटहरीस्थित उनका युवा फ्यानहरुले ‘डंकी’को गीत ‘लुटुपुट गया’मा नाचेको भिडियो एक्समा हालेका थिए । ‘डंकी मेनिया सुरु भयो । इटहरीको हाम्रो समूहले लुटपुट गयामा नाचेको छ । नेपाल लभ यु, किङ खान,’ शाहरुख र तापसी पन्नुलाई मेन्सन गर्दै फ्यानले पोस्ट गरेका थिए ।


उक्त पोस्टलाई रिट्वीट गर्दै खानले लेखेका छन्,  ‘धन्यवाद नेपाल । तिमीहरु यति राम्रोसँग नाचेको भिडियो हेरेपछि म पनि लुटपुटिएको छु । हाहा ।’


इटहरीका युवाहरुले आइतबारेस्थित इलाइट सिनेमा हल परिसरमा उक्त गीतमा नाचेर भिडियो बनाएका हुन् ।


त्यसो त संसारभरका विभिन्न ठाउँबाट उनको फिल्मको प्रचारसमेत हुने गरी यस्ता भिडियोहरु बनिरहेका छन् । जसलाई खानले आफ्नो एक्स एकाउन्टमा शेयर गरिरहेका छन् ।