काठमाडौं । १ महिनापछि सेयर बजार १९ सय विन्दुमाथि पुगेको छ ।
आइतबार नेप्से २.५६ प्रतिशत अर्थात् ४७.७५ अंक बढेको छ । यस दिन २ अर्ब १ करोड रुपैयाँ बराबरको धितोपत्र कारोबार भयो । करिब २ महिनापछि मात्रै कारोबारले २ अर्ब नाघेको हो । यसअघि ९ असोजमा २ अर्बमाथिको कारोबार भएको थियो ।
आइतबार कुल २१४ कम्पनीको मूल्य बढ्दा २३ कम्पनीको घट्यो भने ३ को स्थिर रह्यो । सबै समूहहरु बढेका छन् ।