तिम्रालागि सधैँ म हार्न सक्छु भन्दै सामाजिक सञ्जालमा फर्किइन् समीक्षा अधिकारी

न्युजलय १५ बैशाख २०७९, बिहिबार ०७:०९ मा प्रकाशित

काठमाडौं । गायिका समीक्षा अधिकारी दुई महिनापछि सामाजिक सञ्जालमा फर्किएकी छन् । आफ्नो तस्वीर सहित स्टाटस लेख्दै लामो समयपछि उनी फेसबुकमा आएकी हुन् ।

व्यक्तिगत सम्बन्धमा आएको उतार चढावका कारण उनी सामाजिक सञ्जालको दुनियाँमा निष्कृय बसेकी थिइन् ।

‘तिमीलाई माया गर्छु र त मर्न सक्छु, मार्न सक्छु,’ साहित्यिक लयमा उनले भनेकी छन्, ‘तिम्रो लागि आफैँलाई दुखमा पार्न सक्छु । तिम्रो जितमा उत्सव मनाउने मान्छे हुँ म, त्यसैले त तिम्रो लागि सधैँ म हार्न सक्छु ।’

गायिका अधिकारीको उक्त पोस्टमा धेरैले उनीप्रति सहानुभूति समेत दर्शाएका छन् ।