प्रताप र अस्मिताको ‘तिमी हौ तिमी’ सार्वजनिक (भिडियोसहित)

न्युजलय ३ फाल्गुण २०७८, मङ्गलबार ०६:५७ मा प्रकाशित

काठमाडौं । प्रणय दिवसको अवसरमा प्रताप दास र अस्मिता अधिकारी स्वरमा ‘तिमी हौ तिमी’ बोलको गीत सार्वजनिक गरिएको छ ।


गीतमा शिशिरजय खरेलको शब्द तथा संगीत रहेको छ भने विषम आचार्यले एरेन्ज गरेका छन् । प्रेमभावको यो गीतको भिडियोमा आर्यन सिग्देल र पूजा शर्माले अभिनय गरेका छन् ।

 

निकेश खड्काले निर्देशन गरेको भिडियोलाई बुद्ध थापाले खिचेका हुन् । भिडियोलाई विकास धमलाले सम्पादन गरेका छन् । गीतका निर्माता समेत रहेका शिशिरजय खरेल अस्ट्रेलिया बस्दै आएका छन् ।