सुनसरी एमाले पछिल्लो अपडेटः रेवतीरमण भण्डारीको अग्रता

न्युजलय २९ पुस २०७८, बिहिबार ०१:५० मा प्रकाशित

इनरुवा । नेकपा एमाले जिल्ला कमिटी सुनसरीमा अध्यक्षतर्फको मतगणना जारी छ।

आज पुनः सुरु भएको मतगणनामा अध्यक्ष पदतर्फ रेवतीरमण भण्डारीले अग्रता बनाइरहेका छन्। 

हालसम्म ३७३ मत गनिस्कदा अध्यक्ष केपी शर्मा ओलीनिकट भण्डारीले १९६ मत ल्याउन सफल भएका छन् भने खेमराज पोखरेलले १६२ भोट ल्याएका छन्।

यस्तै इटहरीका मेयरसमेत रहेका द्वारिकलाल चौधरीले २० भोट ल्याएका छन्।