असोज १ गते शोक दिवस, सार्वजनिक बिदा दिने निर्णय

न्युजलय ३१ भदौ २०८२, मङ्गलबार ०९:१७ मा प्रकाशित

इटहरी । सरकारले असोज १ गते शोक दिवसका रूपमा मनाउने निर्णय गरेको छ।

सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले सार्वजनिक बिदासहित झण्डा आधा झुकाउने निर्णय गरेको हो।

सोमबार साँझ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले देशव्यापी रूपमा शोक दिवस मनाउने तयारी गरेको हो।

गृह, कानुन तथा संसदीय मामिला मन्त्री ओम प्रकाश अर्यालका अनुसार असोज १ गते सरकारी कार्यालय, सार्वजनिक निकाय र विद्यालयहरूमा सार्वजनिक बिदा दिइने छ।

साथै, सबै सरकारी कार्यालय तथा संस्थामा राष्ट्रिय झण्डा आधा झुकाइने निर्णय गरिएको उनले जानकारी दिए।