भूकम्पमा परेर ३६ जनाको मृत्यु

न्युजलय २३ पुस २०८१, मङ्गलबार ११:३१ मा प्रकाशित

काठमाडौँ । तिब्बतको दुर्गम क्षेत्रमा मंगलबार बिहान गएको शक्तिशाली भूकम्पका कारण हालसम्म ३६ जनाको मृत्यु भएको छ। 

भूकम्पको केन्द्रबिन्दु डिंग्री काउन्टीमा रहेको र यसको तीव्रता ६.८ म्याग्निच्युड रहेको जनाइएको छ।

चीनको समयअनुसार बिहान ९ः०५ बजे गएको यो भूकम्पको गहिराइ जमिनको सतहदेखि १० किलोमिटर तल रहेको चाइना अर्थक्वेक नेटवर्क सेन्टरले जनाएको छ। नेपालस्थित राष्ट्रिय भूकम्प मापन केन्द्रले भने भूकम्पको तीव्रता ७ म्याग्निच्युड रहेको जानकारी दिएको छ।

 उक्त भूकम्पका धक्काहरु भने छिमेकी मुलुक नेपाल र उत्तर भारतका केही भागहरुमा महसुस गरिएको थियो । घटनाबारेको थप विवरण भने आउन बाँकी नै छ ।