नेप्सेमा हरियाली

न्युजलय ३० माघ २०८२, बिहिबार ०९:४६ मा प्रकाशित

 काठमाडौं ।  बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ । साताको सुरुदेखि निरन्तर ओरालो लागेको बजार अन्तिम दिन भने सुधार देखिएको हो ।

बिहीबार नेप्से परिसूचक ८.९७ अंकले बढेर २६७१.०७ विन्दुमा पुगेको छ । नेप्सेसँगै कारोबार रकममा पनि उल्लेख्य वृद्धि भएको छ ।

बुधबार ८ अर्ब ६९ करोड रुपैयाँको शेयर किनबेच भएको बजारमा बिहीबार ३३७ स्टकको १ लाख ६ हजार १८ पटकको कारोबारमा ११ अर्ब १० करोड २५ लाख ५० हजार रुपैयाँ बराबरको २ करोड ७७ लाख ८० हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।