सप्तरी । सप्तरीमा गाडीको ठक्करबाट एउटा हरिणको मृत्यु भएको छ। जिल्ल्लाको शम्भुनाथ नगरपालिका– ६ कठौना चोकस्थित पूर्व–पश्चिम राजमार्गमा गाडीको ठक्करबाट वयस्क हरिणको मृत्यु भएको हो।
जंगली वयस्क हरिणलाई कुनै सवारीसाधनले ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको हुनसक्ने जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रहरीले कानुनी प्रक्रिया पु¥याएर मृत फेला हरिणलाई इलाका वन कार्यालय रुपनी सप्तरीको जिम्मा लगाएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।