२०७८ साल माघ ६ गते बिहिबार

‘ए मेरो हजुर ४’ को टिजर सार्वजनिक(टिजरसहित)

न्युजलय ३० पुस २०७८, शुक्रबार १२:०४ मा प्रकाशित

काठमाडौं । फिल्म ‘ए मेरो हजुर ४’ को टिजर सार्वजनिक भएको छ। 

सार्वजनिक टिजरमा अनमोल केसी र सुहाना थापालाई देख्न सकिन्छ। टिजरमा उनीहरुकै प्रेमदेखि विछोडसम्मको कथा समेटिएको छ।

फिल्ममा झरना थापाको निर्देशन रहेको छ। फिल्मको कथा झरना थापाले नै लेखेकी हुन्।

यसअघि चैत्र २५ लाई रिलिज मिति तोकिएको फिल्म अब आउँदो नयाँ वर्ष अर्थात २०७९ साल बैशाख १ गते रिलिज हुने तय भएको छ ।