धान नकाट्न भन्दै उपमहानगरपालिकाको एसएमएस

न्युजलय १६ असोज २०८०, मङ्गलबार ०१:२७ मा प्रकाशित

काठमाडौं । कैलालीको धनगढी उपमहानगरपालिकाले तीन दिनसम्म धान नकाट्न किसानलाई आग्रह गरेको छ । 


नगर क्षेत्रमा माइकिङसमेत गरेर धान नकाट्न आग्रह गरेको उपमहानगरपालिकाले मोबाइलमा एसएमएस पठाएर किसानलाई सतर्क पारेको हो । 


किसानले धान काट्न सुरु गरेका बेला धनगढी उपमहानगरपालिकासहित कैलालीको विभिन्न क्षेत्रमा आज वर्षा भएको छ । असोज १७ गतेसम्म पानी पर्ने सम्भावना रहेकाले धान नकाट्न र काटिसकेका धान जतिसक्दो चाँडो भित्र्याउन धनगढी उपमहानगरपालिकाको आग्रह छ ।