दर्शकले मौनधारण गर्न नमानेपछि सुगमले हाने माइकको झटारो

न्युजलय १९ कार्तिक २०८०, आइतबार १२:३९ मा प्रकाशित

काठमाडौँ । चर्चित गायक सुगम पोखरेलले अस्ट्रेलियामा आयोजित एक साङ्गीतिक कार्यक्रममा दर्शकलाई माइक्रोफोनले झटारो हानेका छन् । 


नसाको तालमा लठ्ठ सुगमले नेपालमा गएको भूकम्पमा परेर मृत्यु हुनेको लागि मौन धारण गर्न पटक पटक अनुरोध गर्छन् । दर्शकले खासै चासो नदिएपछि उनले स्टेजबाट ओर्लिएर एक दर्शकलाई तारगेट गर्दै माइक्रोफोनले झटारो हान्छन् । 


स्टेजमा दर्शकलाई माइक्रोफोनले हानेको भिडियोका कारण आलोचना भइरहेका बेला उनले सामाजिक सञ्जालमा लाइभमार्फत नेपाली समाज संवेदनाहीन भइरहेको हो र ? भनेर सोधेका छन् ।


‘देशलाई भूकम्पले गर्दा दुखिरहेको छ । देशलाई दुख्दा मलाई दुख्छ म नेपाली कलाकार हो । तपाईँले गर्दा भएको हो । हिजोको कार्यक्रम मौन धारण गरौँ भनेको थिए । त्यहाँ भिडियोमा देख्न सक्नुहुन्छ । एक्सनको रियाक्स त्यसको कारणले हो’ उनले अगाडि भनेका छन्, ‘कसैको नेपाली मनलाई चित्त दुखाए भने क्षमा चाहन्छु । जहिले पनि नेपाली सङ्गीतको सेवा गर्नेछु ।’