काठमाडौं । आज सुनको भाउ प्रतितोला पाँच सय रूपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख ६ हजार दुई सय रूपैयाँमा किनबेच भइरहेको छ ।
बिहीबार चाँदी पाँच रूपैयाँ बढेर चार हजार सात सय ५० रूपैयाँमा कारोबार भइरहेको छ ।