नेपाल २३० रनमा अल आउट

न्युजलय १९ भदौ २०८०, मङ्गलबार ०१:४२ मा प्रकाशित

काठमाडौ । श्रीलंकामा जारी एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले शानदार पारी खेलेको छ ।

पहिला ब्याटिङ गरेको नेपालले ४८.२ ओभरमा सबै विकेट गुमाउँदै २३० बनाएको छ ।

एसिया कपमा भारतविरुद्ध नेपालका ओपनर आसिफ शेखले ८ चौकाको मद्दतमा ५८ रन बनाए । 

अलराउण्डर सोमपाल कामीले महत्वपूर्ण इनिङ खेले पनि अर्धशतक पुरा गर्न २ रनले चुके । दिपेन्द्रसिं ऐरी र सन्दीप लामिछाने साझेदारी गरेका सोमपालले दुई छक्का र एक चौका सहित ४८ रन जोडेका हुन् ।


ओपनर कुशल भुर्तेलले २५ बलमा दुई छक्का र तीन चौकाको मद्दतमा २५ बलमै ३८ रन जोडे । दिपेन्द्र सिंह ऐरी २९ र गुल्सन झा २३ रन बनाएर आउट भए । सन्दीप लामिछाने ९, भीम सार्की ७, कप्तान रोहितकुमार पौडेल ५ र कुशल मल्ल दुई रनमै आउट भए भने करण केसी २ रनमा अविजित रहे ।