काठमाडौँ । सेयर बजार परिसूचक नेप्सेमा ९.५४ अंकको गिरावट भएको छ । अघिल्लो दिन २८ अंकमाथिले बढेको नेप्से सूचक बुधबार ९.५४ अंकले घट्दै २ हजार १७.९७ अंकमा झरेको हो ।
बुधबार क वर्गको सेन्सेटिभ इन्डेक्स समेत २.१७ अंकले घट्दै ३५८.०९ अंकमा झरेको छ ।
यस्तै अघिल्लो दिनको तुलनामा बुधबार कारोबार समेत घट्दै ३ अर्ब ७० करोड ८४ लाख रुपैयाँ बराबरको ८४ लाख ९० हजार कित्ता सेयर दोस्रो बजारमा कारोबार भएको नेप्सेले जनाएको छ ।