नेप्सेमा ६४ अंकको पहिरो

न्युजलय १८ फाल्गुण २०७८, बुधबार ०९:३२ मा प्रकाशित

काठमाडौं । बुधबार सेयर बजार परिसूचक नेप्सेमा ६४ अंकको पहिरो गएको छ । कुल ३ अर्ब ६२ करोड ११ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको बजारमा ६३.९८ अंकको गिरावट आएको हो । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से सूचक ४३.९८ अंकले घट्दै २५ सय ५४।६० अंकमा झरेको छ । यता क वर्गको सेन्सेटिभ इन्डेक्स समेत आज ११.५२ अंकले घट्दै ४८८.६९ अंकमा झरेको छ ।