नेप्से २२ अंकले बढ्यो

न्युजलय १९ जेठ २०८३, मङ्गलबार ०३:२९ मा प्रकाशित

काठमाडौं । मंगलबार सेयर बजार मापक नेप्से परिसूचक २२.२१ अंकले बढेर २७७७.५८ बिन्दुमा पुगेको छ ।

आज कुल ३४६ कम्पनीका १ करोड १३ लाख ८५ हजार १०० कित्ता सेयर खरिद–बिक्री हुँदा ५ अर्ब २६ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

कारोबारका आधारमा आँखुखोला जलविद्युत् कम्पनी लिमिटेड अगाडि रह्यो, जसको ४६ करोड ७६ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।