काठमाडौँ । उत्तर र मध्य भारतमा भीषण गर्मीको लहर चलिरहेको छ । राजस्थानको चुर र हरियाणाको सिर्सामा तापक्रम ५० डिग्रीमाथि पुगेको छ । भारतीय मौसम विज्ञान विभागका अनुसार उक्त दिन चुरमा तापक्रम चढेर साढे ५० डिग्री सेल्सियससम्म पुगेको थियो ।
सिर्सामा पनि तापमान ५० दशमलव ३ डिग्री पुगेको थियो । दिल्लीका तीन मौसम केन्द्रमा साढे ४९ डिग्री सेल्सियसभन्दा माथि तापमान रेकर्ड भए । आईएमडीले दिल्लीको मुंगेशपुर र नरेलामा ४९ दशमलव ९ डिग्री सेल्सियस र नजफगढमा ४९ दशमलव ८ डिग्री सेल्सियस तापक्रम रेकर्ड गरेको जनाएको छ ।
राजधानी दिल्लीमा यो सिजनको सबैभन्दा उच्च तापक्रम हो । गर्मी बढेसँगै हिटस्ट्रोकका बिरामी बढेका छन् भने यसका कारण दिनहुँ मृत्युका घटनाहरू भइरहेका छन् ।