सपिङ सेन्टरमा आगलागी हुँदा १६ जनाको मृत्यु

न्युजलय ३ साउन २०८१, बिहिबार ११:०७ मा प्रकाशित

काठमाडौँ । चीनको एक १४ तले सपिङ सेन्टरमा आगलागी हुँदा कम्तीमा १६ जनाको मृत्यु भएको छ।

सरकारी मिडियाका अनुसार आगजनीको यो घटना चीनको सिन्हुआन प्रान्तको जिगोङ सहरमा बुधबार साँझ भएको हो। आगलागीमा परेका ३० जनाको उद्धार गरिएको जनाइएको छ।

प्रारम्भिक अनुसन्धानका अनुसार भवनमा निर्माणाधीन कामका कारण आगलागी भएको हो।