काठमाडौँ । आईसीसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोटमा बहराईनलाई १० विकेटले हराउँदै नेपालले लगातार दोस्रो जित निकालेको छ।
पहिलो खेलमा मलेसियालाई ५ रनले हराएको नेपालले दोस्रो खेलमा बहराइनमाथि १० विकेटको सहज जित निकालेको हो।
बहराइनले दिएको ३२ रनको झिनो लक्ष्य नेपालले २.५ ओभरमा भेट्टायो।
नेपालका लागि ओपनर सीता राना मगर र काजल कुवँरले ३२ रनको साझेदारी गरेपछी नेपालले सहज जित निकालेको हो। कविता १७ र सीता २ रनमा नटआउट रहे।
त्यसअघि मलेसियाको क्वालालम्पुरस्थित वायोमास ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको बहराईन १५.४ ओभरमा ३१ रनमा समेटियो।
समूह ‘ए’ मा नेपालसँगै आयोजक मलेसिया, बहराइन, भुटान, कतार र यूएई छन्। समूह ‘बी’ मा चीन, हङकङ, कुवेत, थाइल्यान्ड र म्यानमार छन्।
समुह चरणको तेस्रो खेलमा आइतबार भुटानसँग खेल्नेछ। सोमबार कतार र समुह चरणको अन्तिम खेलमा बुधबार यूएईसँग खेल्ने तालिका छ।
समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन्। सेमिफाइनल खेल भदौ २२ गते शुक्रबार हुनेछ। फाइनल खेल २३ गते शनिबार हुनेछ।
फाइनलमा पुग्ने दुई टोलीले २०२४ मा हुने ग्लोबल क्वालिफायर खेल्नेछ।