सेयर बजारमा हरियाली

न्युजलय १५ असार २०८२, आइतबार ०९:४८ मा प्रकाशित

काठमाडौं । आइतबार नेप्से परिसूचक उच्च अंकले बढेर बन्द भएको छ। नेप्से परिसूचक २६.५३ अंकले बढेर २६२२.२८ विन्दुमा पुगेको हो। सेन्सेटिभ इण्ड‍ेक्स  १.०५ अंकले बढेको छ।

यसदिन ७ अर्ब माथिको सेयर कारोबार भएको छ। कारोबार रकम अघिल्लो कारोबार साताको अन्तिम दिन बिहीबारभन्दा कम हो। बिहीबार ७ अर्ब ७८ करोड बढीको सेयर कारोबार भएको थियो।

३२८ स्क्रिप्सको १ करोड ६६ लाख ४३ हजार ११४ कित्ता सेयर ७ अर्ब १२ करोड १७ लाख ३६ हजार ११४ रुपैयाँमा खरिदबिक्री भए।