महिला एसिया कपः भारतसँग प्रतिस्पर्धा गर्दै नेपाल

न्युजलय ८ साउन २०८१, मङ्गलबार ०९:३५ मा प्रकाशित

काठमाडौँ । महिला एसिया कप क्रिकेटमा मंगलबार साँझ नेपालले बलियो प्रतिद्वन्द्वी भारतसँग प्रतिस्पर्धा गर्दैछ। समूह ‘ए’को समूह चरणको अन्तिम खेलमा नेपाल र भारतको प्रतिस्पर्धा हुन लागेको हो। 

दुई खेल खेलेको नेपाल एक जित र एक हारसहित तेस्रो स्थानमा छ। दुवै खेलमा जित निकालेको भारत चार अंकसहित शीर्ष स्थानमा छ।  समान अंकभएको पाकिस्तान रनरेटका आधारमा दोस्रो स्थानमा छ।

पहिलो खेलमा यूएईमाथि ६ विकेटको जित निकाल्दै विजयी सुरुवात गरेको नेपाल दोस्रो खेलमा पाकिस्तानसँग ९ विकेटले पराजित भएको थियो। अघिल्लो चरण प्रवेशका लागि नेपालले भारतमाथि जित निकाल्नैपर्ने दबाब छ। 

पाकिस्तान यूएईसँग पराजित भएर नेपाल भारतसँग विजयी भए सेमिफाइनल प्रवेश गर्नेछ। पाकिस्तान र यूएईको खेल जारी छ।  नेपाल र भारतको खेल मंगलबार साँझ ७ः१५ बजे श्रीलंकाको डम्बुला मैदानमा हुनेछ।