किरात राई बान्तावा खिम चौदण्डीगढीको भेला सम्पन्न, मौसम बान्तावाको नेतृत्वमा ३१ सदस्यीय समिति गठन

अर्जुन राई अपहेलित १३ कार्तिक २०७८, शनिवार ०७:२१ मा प्रकाशित

उदयपुर । किरात राई बान्तावा खिम चौदण्डीगढी नगरपालिकाको भेला सम्पन्न भएको छ । बिहीबार किरात राई बान्तावा खिमका केन्द्रीय अध्यक्ष ज्ञान किरातीको प्रमुख आतिथ्यतामा उक्त भेला सम्पन्न भएको हो । 


किरात राई बान्तावा खिम जिल्ला कार्य समिति उदयपुरद्वारा आयोजित उक्त भेलाले मौसम बान्तावा राईको अध्यक्षता ३१ सदस्यीय समिती गठन गरेको छ । 


बान्तावा खिम उपाध्यक्ष उमा राधुन राईको अध्यक्षतामा सम्पन्न भेलामा बिशेष अतिथीहरु खगेन्द्र राई, बुलु मुकारुङ राई ज्यू र बान्तावा खिम केन्द्रीय कोषाध्यक्ष सृजनशरण राई, अतिथीहरु नबिन राई, राजनितिकर्मी गोपाल मुलुहाङ राई लगाएतको उपस्थिति रहेको थियो । 


नवगठित कार्यसमितिलाई बधाई तथा शुभकामना व्यक्त गर्दै प्रमुख अतिथि एवं खिमका केन्द्रीय अध्यक्ष किरातिले आगामी कार्तिक २५ बाट मङ्सिर ९ गते सम्म हुन गई रहेको राष्ट्रिय जनगणना २०७८ मा राई बान्तावाहरुको सहि तथ्यांक सङ्कलनका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गर्न आवश्यक रहेको उल्लेख गरे । 


उक्त भेलामा १२ औं राष्ट्रिय जनगणना २०७८ सफल पार्न अभियान चलाउने बारे बृहत छलफल भएको आयोजकले जनाएको छ । 


नवगठित किरात राई बान्तावा खिम चौडण्डिगढि नगरपालिका कार्यसमितिको उपाध्यक्ष गङगा बान्तावा राई, सचिव बुद्ध हाङ बान्तावा राई, सहसचिव धन कुमार बान्तावा राई, कोषाध्यक्ष मनिका बान्तावा राई र सदस्यहरुमा बुद्वराज बान्तावा राई, राजेन्द्र बान्तावा राई, अनिल बान्तावा राई, चन्द्रकला बान्तावा राई, अमर बान्तावा राई, राजकुमार वान्तावा राई, सिता राई चयन भएका छन् । 


यस्तै, सल्लाहकार समितिमा कमलध्वज राई, भिम राई, पर्शुराम राई, प्रीयचन्द्र राई, बिष्णु कुमार राई र कौशिला राई रहेका छन् ।