नेप्से परिसूचक २७.५४ अंकले बढ्यो

न्युजलय ७ जेठ २०८१, सोमबार ०९:२९ मा प्रकाशित

काठमाडौँ । शेयर बजारमा सोमबार नेपाल स्टक एक्जेञ्ज (नेप्से) २७.५४ अंकले बढेको छ ।

सोमबार नेप्से १.३३ प्रतिशतले बढेर २ हजार ९२ विन्दु कायम भएको छ ।

सोमबार नेप्सेमा साढे ५ अर्बभन्दा बढीको कारोबार भएको छ । सोमबार ५ अर्ब ८५ करोड ४३ लाख ५४ हजार रुपैयाँ बराबरको १ करोड ४३ लाख ७० हजार ६८९ कित्ता शेयर ८० हजार ९८२ पटक किनबेच भएको छ ।

सोमबार ३१५ कम्पनीको शेयर कारोबार भएकोमा १३४ वटा कम्पनीको शेयर मूल्य बढ्दा १०७ कम्पनीको शेयर मूल्य घटेको छ भने ५ वटा कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।