पेट्रोल, डिजल र मट्टीतेलको मूल्य बढ्यो

न्युजलय ३१ साउन २०८०, बुधबार १२:०६ मा प्रकाशित

 काठमाडौँ । नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टीतेलको मूल्यवृद्धि गरेको छ ।

आज राति बसेको निगम सञ्चालक समिति बैठकले पेट्रोल लिटरमा ५ रुपैयाँ र डिजल  तथा मट्टीतेलमा प्रतिलिटर १४ रुपैयाँ बढाएको हो । 

अब पेट्रोलको उपभोक्ता मूल्य प्रतिलिटर  १७५ रुपैयाँ र डिजल तथा मट्टीतेलको मूल्य  १६४.५ रुपैयाँ कायम भएको छ ।