काठमाडौं । आइतबार(आज) सुनको मूल्य प्रतितोला ३००ले घटेको छ ।
आज सुन तोलामा ३००ले घटेर छापावाल सुन प्रतितोला ९३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघअनुसार गत साताको अन्तिम दिन शक्रबार छापावाल सुन तोलाको ९३ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, आज तेजावी सुनको मूल्य तोलाको ९३ हजार निर्धारण भएको छ ।
आज चाँदीको भाउ प्रतितोला एक हजार ३१५ रुपैयाँ कायम भएको छ ।