काठमाडौं । नेप्से परिसूचक २०.५६ अंकले घटेको छ । बुधबार नेप्से परिसूचक ०.८० प्रतिशतले घटेर २,५४४.५९ विन्दुमा बन्द भएको हो ।
आज कारोबार रकम बढेको छ । यस दिन तीन अर्ब ८४ करोड ८५ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ । मंगलबार तीन अर्ब ६२ करोड ६१ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको थियो ।
आज ४९ कम्पनीको सेयरमूल्य बढ्दा १९८ को घटेको छ । सात कम्पनीको सेयरमूल्य स्थिर छ ।