इटहरी । आजदेखि इटहरी रंगशालामा इटहरी गोल्डकप सुरु भएको छ । गोल्डकपको उद्घाटन इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले गरेका छन् ।
उद्घाटन गर्दै उनले इटहरीको खेलकुदको विकासमा कुनै कसर बाँकी नछाड्ने बताएका छन् । उनले आगामी वर्षदेखि खेलकुद क्षेत्रका अगुवाहरुसँग सुझाव लिएर बजेट विनियोजन गर्ने आश्वासन दिएका छन् ।
इटहरी गोल्डकपको उद्घाटन खेलमा मोरङ विजयी