इजरायली अधिकारीले दिए विपिन जीवित नरहेको जानकारी

न्युजलय २७ असोज २०८२, सोमबार १२:४३ मा प्रकाशित

काठमाडौं । नेपाली विद्यार्थी विपिन जोशी जीवित नरहेको इजरायली अधिकारीहरूले जानकारी गराएका छन्।

सोमबार(आज) इजरायली प्रधानमन्त्री कार्यालयका अधिकारी र त्यहाँको सेनाले जोशी जीवित नरहेको औपचारिक जानकारी इजरायलस्थित नेपाली राजदूतावासलाई गराएका हुन्।

सो कुरा इजरायलस्थित नेपाली दूतावासले परराष्ट्र मन्त्रालयलाई अनौपचारिक जानकारी गराएको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ। 

हमासले जोशीलाई किबुल आलुमिमबाट २०८० असोज २३  गते अपहरण गरेको थियो। 

उनी अपहरण परेको केही समयसम्मको जीवित भीडियो केही दिनअघि सार्वजनिक भएको थियो।  हमासले आज आफ्नो कब्जामा रहेका २० जनालाई रेडक्रसका अधिकारीमार्फत् इजरायलसमक्ष बुझाउँदै छ।