काठमाडौं । बुधबार नेप्से परिसूचक सामान्य अंकले घटेको छ। नेप्से २.९५ अंकले घटेर २८०४.१७ विन्दुमा बन्द भएको छ।
नप्से घटे पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ। मंगलबार ५ अर्ब ७७ करोड रूपैयाँको कारोबार भएकोमा यसदिन ७ अर्ब ८१ करोड रूपैयाँको कारोबार भएको छ।
बुधबार १२१ कम्पनीको सेयर मूल्य बढेको छ भने १३८ वटाको घटेको छ। यस्तै, १० कम्पनी स्थिर छन्।